शेखर, देउवा र प्रचण्डको एउटै स्वर -‘सत्ता गठबन्धनलाई कुनै हालतमा कमजोर हुन दिंदैनौं’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला , सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनलाई कुनै हालतमा कमजोर हुने नदिने बताएका छन् ।

आज विहान कोशी पदेशको मुख्यमन्त्री नियुक्तिलाई सत्ता गठबन्धनकै योजनाको रुपमा लिएको एक नेताले जाकारी दिए ।

आज बिहान बसेको ३ नेताको बैठकले गठबन्धनमा रहने प्रतिबद्धतासहित कोशी प्रदेशमा नि सोही अनुसार हुने बताएका छन् ।

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसले कोसी प्रदेशमा सरकार गठनका लागि भएको पछिल्लो विकासक्रमलाई आत्मसात् गर्ने बताएका थिए भने गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार बन्ने भनिएका इन्द्र आङ्बोले कार्किलाई नै समर्थन गरे।

कमेन्ट गर्नुहोस्