केदार कार्की गठबन्धनकै मुख्यमन्त्री : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् ।

शनिबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेकपा एमालेका सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका कार्की आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका हुन्।

‘अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ। अब उहाँ हामी सबैको पनि मुख्यमन्त्री हुनुभयो। त्यसकारण त्यो समस्या जसरी सोचिएको र मिडियामा जसरी चर्चा परिचर्चा भएको छ, अब सेफ ल्यान्डिङ गरिएको छ,’ उनले भने।

याे पनि पढ्नुस  कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच कोशी प्रदेश सरकार सन्दर्भमा छलफल भएको थियो।

‘बिहानमात्रै कांग्रेस सभापति शेरबहादुरजी, म आफैं र शेखरबीचमा एउटा समझदारी बनाएका छौं। हामी गठबन्धनलाई बलियो बनाउनेमा दृढ र स्पष्ट छौं। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइनेछैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वमा सरकार बनेको हुँदा पनि आफूहरूले विश्वासको मत दिने उनले बताए। यस्तै त्यहाँ सर्वपक्षीय सरकार बनाउन असम्भव नभएपनि अहिलेलाई सम्भावना नभएको उनको भनाइ थियो।

याे पनि पढ्नुस  श्रमजीवि उत्पीडित जनसमुदाय साथमा भए जस्तासुकै दबाब, धम्की र घेराबन्दीको सामना गरिनेछ : प्रधानमन्त्री

‘राजनीतिमा चिसो(तातो भइराख्छ, अब कहिलेकाँही गठबन्धनभित्र विवाद हुँदा झन् बलियो भएर आउने पनि वातावरण बन्छ। हामीलाई के विश्वास छ भने आज बिहान भएको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन मद्दत गर्छ। विश्वासको मत दिने कुरा भइहाल्यो,’ उनले भने, ‘सर्वपक्षीय सरकार बनाउन असम्भव चाहि भन्दिनँ। तर तत्काल सर्वपक्षीय सरकार बन्ने देख्दिनँ। गठबन्धनकै सरकार बन्छ त्यहाँ।’

गठबन्धनको केन्द्रीय नेतृत्वको सहमति विपरीत कोशीमा कांग्रेसका शेखर कोइरालापक्षका केदार कार्की शनिबार बिहान मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई नेकपा एमालेका ३९ र शेखर पक्षका ८ सांसदको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए।

याे पनि पढ्नुस  प्रधानमन्त्री प्रचण्द्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता र आयोग गठनबारे संसद्लाई जानकारी

गठबन्धनले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने पहल गरेका थिए। उनले पनि ४७ सांसदको समर्थन रहेको भन्दै हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री दाबी गरेका थिए। कार्कीको पक्षका ४७ समर्थक स शरीर उपस्थित भई हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री बनाएका थिए।

कमेन्ट गर्नुहोस्