काठमाडौं । कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
थापाले आफूले नैतिक रुपमा राजीनामा दिएको बताएका छन् ।
राजनीतिक घटनाक्रममा एउटा कारक आफू पनि भएको भन्ने सोच बनाएर राजीनामा दिएको उनले बताएका छन् । मुख्यमन्त्री बन्नु र आफ्नो राजीनामा दिनु संयोगमात्र भएको थापाको भनाइ छ ।
“मुख्यमन्त्री केदार कार्की हुने र आफूहरु प्रतिपक्ष हुने होइन उहाँ गठबन्धनकै मुख्यमन्त्री हुने सम्भावना छ,” उनले भने ।
कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्की पार्टीबाट विद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्री बनेपछि थापाले राजीनामा दिएका हुन् ।