पेट्रोलको मूल्य एकैपटक लिटरमा ११ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको चीन भ्रमण सफल : परराष्ट्रमन्त्री साउद

नयाँ मूल्य आइतबार मध्यरातिदेखि लागु हुने छ ।

कमेन्ट गर्नुहोस्