शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज विरुद्ध आन्दोलन

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पिडित संघर्ष समिति र समान नेपालले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज विरुद्ध आन्दोलन गरेका छन् ।

ओख्रेनी, मुल्खर्क, नुवाकोट, सिन्दुपाल्चोक, शखंरापुर लगायतका स्थानीयले निकुञ्जको तर्फबाट भएका श्रोषण, दमन तथा बन्दक बनाउने काम भएको भन्दै विरोध गरेका हुन् ।

हजारौं वर्ष देखिको ऐतिहासिक थातथलो ओख्रेनी, मुल्खर्क, तारेभिर, चिसापनी, घुमारचोक, गागल, मणिचुड लगायतका क्षेत्रमा राज्यले नागर्जुन राष्ट्रिय निकुञ्जको नाममा त्यहाँको अदिवासीको सहमती वेगर सुन्दरीजलको जलश्रोत दोहन गर्ने, विजुली उत्पादन गर्ने, आधारभूत भौतिक पूर्वाधारहरुबाट बन्चित गर्ने, सैन्यकरण मार्फत त्यहाँका आदिवासी एवं स्थानिय जनताहरूलाई चिडियाखानाको जानवर झैं कैद गर्ने काम भएको उनीहरूको आरोप छ ।

कमेन्ट गर्नुहोस्