प्रधानमन्त्री प्रचण्ड कैलालीमा

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन् ।

आज (सोमबार) यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कैलाली पुगेका हुन् । प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह धनगढी विमानस्थलमा स्वागत गरे ।

याे पनि पढ्नुस  यी हुन् सुसासन र समृद्धिको पक्षमा प्रचण्ड सरकारका ३१ काम

प्रधानमन्त्री प्रचण्डले सुरुमा नेकपा (माओवादी केन्द्र) का प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा लम्कीमा आयोजित श्रद्धाञ्जलि सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गर्ने र मध्याह्न १२ बजे गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस सेन्टर कैलालीका अध्यक्ष तेजराज भट्टले जानकारी दिए ।

याे पनि पढ्नुस  सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा समान पहुँच स्थापित गर्न लागिपरेका छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड धनगढीमा हुने समाजवादी मोर्चाको कार्यक्रममा सहभागी भएर आजै अपराह्न काठमाडौं फिर्ता हुने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्