काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् ।
सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६० /०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुने छ ।
समाजवादी मोर्चाको धनगढि सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी जनाएका हुन् ।