विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएका छ ।
गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ । राप्रपा भने विश्वासको मतको विषयमा मौन छ ।