काठमाडौं । समाजवादी मोर्चाको सन्देश सभा आज सुदुरपश्चिमको धनगढिमा सम्पन्न भएको छ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज अन्तिम सभा सुदुपश्चिममा गरेको हो ।
सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दलगायत शीर्ष नेताले सम्बोधन गरेका छन् । मोर्चाले सुदुरपश्चिम प्रदेशबाहेक अन्य सबै प्रदेशमा सन्देशसभा सम्पन्न गरिसकेको छ ।