काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका छन् ।
सिडियोबाट प्राप्त नागरिकता प्रधानमन्त्रीको हातबाट ग्रहण गर्दै गैरआवासीय नेपाली नागरिकले सो नारिकता आफ्नो मुटुको अंश भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
संघका अध्यक्ष कुल आचार्य र बद्री केसीले प्रधानमन्त्रीको हातबाट नागरिकता प्राप्त गरेपछि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले गैरआवासीय नेपाली जहाँ बसेपनी नेपाली मन लिएर बसेको हुँदा नागरिकता मुटुको अंश बन्ने बताए । गैरआवासीय नेपालीको तर्फबाट नेपाल सरकारर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य नागरिकता लिएपछि आफू भावुक बनेको बताए । उनले यो नागरिकता गैर आवासीय नेपालीका छोराछोरी नेपालसँग जोडिन राम्रो वातावरण बन्ने बताए । उनले यो नागरिक वितरणले गैर आवासीय नेपालीले देशको विकासमा साहभागी हुने वातावरण बनेको समेत बताए ।
मातृ भूमिको गुण तिर्न गैर आवसीयले मातृ भूमिको माटो बेचेर बाहिरको माटो नकिन्न आग्रह गरेका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने अभियानले गैरआवासीय नेपाली नागरिकता वितरणसँगै सार्थकता पाएको उनीहरूको भनाई थियो । गैरआवासीय नेपाली नागरिकता कागच मात्रै नभएर राज्य प्रति अभिभारा भएको उनीहरूले बताए । यो नागरिकताले वंसजको आधारमा पुस्तौंसम्म जानुपर्ने उनीहरूको भनाई थियो ।