धनन्जय बुढा , काठमाडौं । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले दसैंलगायतका पर्वहरुको अवशरमा शुभकामना दिदै आफ्नो संगठन पत्रकार महासंघको शुद्धीकरण अभियानमा कोही कतैबाट पनि भाँजो हाल्ने काम नगरियोस् भनेर आग्रह गरेका छन् ।
सोमबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा प्रेस सेन्टर प्रतिष्ठान प्रदेश समितीलेद्वारा आयोजित दसैं,तिहार र छटको शुभ अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सापकोटाले शुद्धीकरण अभियानमा आफ्नो संगठन चट्टान भएर उभिरहेको र त्यसका विरोधीहरुको सबैले श्रमजीवीहरुले प्रतिबाद गर्नुपर्ने धारणासमेत राखेका छन् ।
सापकोटाले पछिल्लो समयमा महासंघको शुद्धीकरण अभियान बारे केही व्यक्तिहरुबाट गलत र भ्रामक धारणाहरु सामाजिक सञ्जालामा आएको र त्यसप्रति आफ्नो संगठनको आपत्ति रहेकोसमेत प्रष्ट पारर्दै भने,“हरेक प्रेस सेन्टरकर्मीले त्यस्ता विषयको भण्डाफोर गर्ने र सतर्क पनि बन्न जरुरी छ ।” शुद्धीकरण अभियानले वास्तविक र श्रमजीवी पत्रकारहरूलाई फाईदा हुनेभएकोले गैरपत्रकार अनि गलत मानसिकताका व्यक्तिहरु अहिले अत्तालिएको जिकीर गरेका छन् ।
त्यसैगरी संगठनका उपाध्यक्ष निर्मल ज्ञावालीले नेपालीहरुका विभिन्न धर्म,संस्कृति र समुदायले मनाउने सबै किसिमका चाडपर्वहरुमा प्रेस सेन्टरको सम्मान भाव रहेको र तिनलाई संस्कृतिक पर्वहरुकारुपमा अंगिकार गरेर एकाकार हुनुपर्ने धारणा राखे ।
अर्का उपाध्यक्ष विदुर खड्काले हरेक नेपालीले आफ्नो धर्मसंस्कृतिको सम्मान र गलत प्रथारुलाई परिमार्जित गर्दै लानु पर्ने र प्रेस सेन्टरले पनि त्यसमा साथ दिनु पर्ने धारणा राखे ।
संगठनका महासचिव सन्तोस पौडेलले चियापान तथा शुभकामना कार्यक्रम आयोजक र उपस्थित सबैलाई शुभकामना व्यक्त गर्दे गाउँगाउँमा गएर चडलाई अवसर बनाउँदै माउपार्टीको अभियानमा साथ दिन निर्देशन दिए । महासचिव पौडेलल महासंघको सदस्यता शद्धीकरण प्रक्रिया मुलत प्रेस सेन्टरको जोडबल रहेकाले त्यसलाई कुनै पनि हालतमा सफल पार्नु पर्ने र स्वामित्व लिनुपर्ने धारणा राख्दै सबै प्रेससेन्टर कर्मीलाई सफल पार्न निर्देशनसमेत दिए ।
उपमहासचिव रामकृष्ण अधिकारीले महासंघको शुद्धीकरण अभियमानमा गलत मनसायका व्यक्तिहरुले त्यस विरोधी धारणा संस्थागत तरिकाले भ्रम फैलाउन कोशिष गरिरहेको जानकारी दिदै, त्यसको प्रेस सेन्टरले प्रतिबाद गर्नुपर्नेमा जोड दिए । अधिकारीले महासंघको सुर्खेत, लुम्बीनीहुँदै,केन्द्रीय समितीको बैठकसम्मले शुद्धीकरणको नीतिलाई सर्बसम्मतिले पास गरेकाले त्यसमा कसैले चाहेर पनि भाँजो हाल्न नसक्ने बताए ।
सचिव केशव भूलले महासंघका विभिन्न कमिटीहरुमा हुनथालेको शुद्धीकरण विरोधी आवाज बढ्न थालेकोले बेलेमा सतर्क हुनुपर्ने बताए ।संगठन केन्द्रीय सह–कोषाध्यक्ष बुद्ध लोप्चनले पत्रकार महासंघ शुद्धीकरण अभयानले आफ्नो संगठन सफल भएको बताए ।
उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यहरुले माउ पर्टीले नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका ऐतिहासिक कार्य र पार्टीले चलाएको ३ महिने अभियानको बारे सबैले सकेजति प्रचार प्रसार गर्नु पर्ने धारणा राखेका थिए ।
प्रतिष्ठान प्रदेश अध्यक्ष वीरेन्द्र ओलीले सभाअध्यक्षतामा सम्मपन्न भएको सो कार्यक्रमलाई उपाध्यक्ष रघुनाथ बजगाईले स्वागत गरेका थिए भने महासचिव तुल्ससी सापकाटाले सञ्चालन गरेकी थिइन् ।