जोमसोम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।
बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ आउनुभएका प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गरेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया हुनेछन् ।