सरकारको पेट्रोल पम्पमा छड्के : हिजो भ्यालीबाबा र आज श्यामा पम्प सिल

काठमाडौं । सरकारले काठमाडौंका पेट्रोल पम्पमा छड्के अनुगमनलाई आज पनि निरन्तरता दिएको छ ।

हेलो सरकारमा काठमाडौंका केही पम्पले सरकारले दसैँको मुखमा घटाएको इन्धनको मूल्यमा बेच्न अस्वीकार गरेको, कम मात्रामा पेट्रोल वितरण गरेको, इन्धन कमसललगायतका गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा मंगलबारदेखि छड्के अनुगमन गरिएको हो।

याे पनि पढ्नुस  आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्री प्रचण्डको व्यस्तता

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए ।

वाणिज्य मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय, नापतौल तथा गुणस्तर विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको टोलीले पम्पहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा हिजो तीनकुनेस्थित भ्यालीबाबा पेट्रोल पम्पमा सिल गरिएको थियो । भने आज सशस्त्र प्रहरीको हलचोकस्थित पम्प र कलंकीको श्यामा पम्प सिल गरेको छ । ती पम्पले कम मात्रामा पेट्रोल वितरण गर्दै आएको भेटिएपछि सिल गरिएको हो।

कमेन्ट गर्नुहोस्