एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी छ ।

अनलाइन भोटिङ मध्यराति १२ बजे नै सुरु भए पनि काठमाडौँमा उपस्थित प्रतिनिधिले बिहीबार बिहान १० बजेदेखि मतदान गर्न थालेका हुन्।

उनीहरुले राति ८ बजेसम्म सोल्टी होटलमा पुगेर मतदान गर्नुपर्ने छ। फेसियल भेरिफिकेसनका आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन्।

एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २२७ प्रतिनिधि छन्। जसमध्ये काठमाडौँमा ६ वटै क्षेत्रका ८२६ प्रतिनिधि भेला भएका छन्।

जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १२१, एसिया प्यासेफिकबाट १९१, युरोपबाट २२९, मध्यपूर्वबाट २०२ र ओसियानाबाट ७२ जना छन्।

गैरआवासीय नेपाली संघ ८७ देशमा विस्तार भएकामा ५९ देशले नयाँ कार्यसमिति चुनिसकेका छन्।

आगामी नेतृत्वका लागि ४ जना अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। निर्वाचन समितिका अनुसार डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापा अध्यक्षका लागि चुनाव लड्दै छन्।

कमेन्ट गर्नुहोस्