गृहमन्त्री श्रेष्ठको यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ ।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फाक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा ९ओएम० मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका निम्ति मेडिकल आईसीयूमा स्थिर अत्यावश्यक संकेतका साथ पूर्ण रूपमा होसमा रहेको अस्पतालले जनाएको छ ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन बेइजिङ पुगेका गृहमन्त्री श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात भएको थियो ।

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्