काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी नतिजा आएसंगै दुई समुहले चुनावी मतपरिणाम नमान्ने घोषणा गरेसंगै फेरि पुनः विवादको भुमरीमा फसेको छ। निर्वाचन समितिले अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको हो ।
होटल सोल्टीमा भएको मतदानमा उपाध्यक्षका उम्मेदावार डा.केसव पौडेलको आएसंगै विवाद सुरु भएको छ। जित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन् ।
डा। बद्रि केसि समुहले अनलाइन सिस्टममा गोलमाल गरेर नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् ।
सोल्टी होटलमा पत्रकार सम्मेलन गरेर मतपरिणा अस्वीकार गर्ने र अब कानुनी प्रक्रियामा जाने बताएका छन् । राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमर्थन गरेकी थिइन् ।
५९ देशका ४ हजार २ सयजनाले मतदान गरेका थिए ।