काठमाडौं । अब उपभोक्ताले बजारमा सहजै चिनी किन्न पाउने भएका छन्। दसैंको मुखमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाणिज्य विभाग र सरकोकार वालाको बैठक बोलाएर जनतालाई अफ्ट्यारो हुने काम हुन नदिन निर्देशन दिएका थिए ।तनाबरहित वातावरणमा जनताले चाडपर्व मनाउँने वातावरण बनाउँन आग्रह गरेका थिए ।
सो लगत्तै सरकारले वाणिज्य विभागमार्फत उद्योगलाई चिनी दिन आग्रह गरेको थियो। भने लुकाएर राखिएका गोदाममा अनुगमन समेत गरेको थियो ।
अहिले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङसँगै भाटभटेनीसहितका पसलहरुमा चीन सहज रुपमा बिक्रि वितरण भैरहेको छ ।
आज भाटभटेनीमा ११४ रूपैयाँमा चीनि बिक्रि वितरण भैरहेको छ ।