गृहमन्त्री श्रेष्ठ नेपाल फर्किदै

काठमाडौं । सोमबार डिस्चार्ज भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज नेपाल फर्किदै छन् । उपप्रधानमन्त्री श्रेष्ठ कात्तिक ८ गते (आज) बिहान स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उनको उपचार बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा भएको थियो । उनी पाँच दिनको उपचार पश्चात डिस्चार्ज भएका थिए ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन बिएफआरमा सहभागी हुन बेइजिङ पुगेका बेला श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो । उनको छातीमा स्टेन्ट राखिएको छ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्