उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्। चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः३० बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

१७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन् । श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो।

याे पनि पढ्नुस  छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा भएको आकस्मिक शल्यक्रिया र पाँच दिनसम्मको उपचारपछि उनीको स्वास्थ्य अवस्था सामान्य बनेको छ। तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएका छन्।

कमेन्ट गर्नुहोस्