काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रूकुम पश्चिम गएका छन् । पार्टीको जनतासँग विशेष रुपान्तरण अभियान र अन्य विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री रूकुम गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रूकुम पश्चिमको बाँफिकोट मग्मामा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गरेका छन् । सो मेलालाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन समेत गरेका छन् ।
रूकुमममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिम बाफिकोट गा.पा. वडा नं. ६ र ७ को विस्तारित बैठक तथा सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट सम्पन्न गरेका छन् ।