गठबन्धन पाँच वर्ष टिक्छ, कसैले भ्रम नपाल्दा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन भत्काउन अनेक प्रयत्न भइरहेको बताएका छन् ।

बिहीबार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले माओवादीको एकल नभएर संयुक्त सरकार भएको बताए ।

याे पनि पढ्नुस  इजरायलबाट नागरिक नेपाल ल्याउन जहाज ११ बजे उड्ने

“गठबन्धन भत्काउन, टुटाउन, तोड्न अनेकौँ प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन्,” उनले भने, “म तपाईंलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।”

अर्को प्रसंगमा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस केही दिनमा नेपाल आउने बताए । राष्ट्रसंघको महासभामा जाँदा आफूले महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएको उनले उल्लेख गरे । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिन गरिएको आग्रह स्वीकार गरेर उनी नेपाल आउन लागेको प्रधानमन्त्रीको भनाइ छ ।

याे पनि पढ्नुस  कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

“मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ, यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो,” उनले भने ।

कमेन्ट गर्नुहोस्