मेयर रेनु दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट

चितवन । भरतपुर महानगरकी मेयर दाहाल र रसियान राजदुत नोभिकोभबिच भेट भएको छ ।भरतपुरको विकासका लागि सहकार्य गर्न रुस इच्छुक भरतपुर महानगरकी मेयर रेनु दाहाल र रसियान राजदुत असेक्सेई नोभिकोभबिच भेटवार्ता भएको हो।

भरतपुर भ्रमण बर्ष २०२४ को पूर्व सन्ध्यामा मेयर रेनु दाहालले बिहिवार राजदुत नोभिकसंग भेटवार्ता गरेकी हुन् । नेपाल स्थित रसियान दुतावास परिसरमा भएको भेटमा द्विपक्षिय हितको विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा भरतपुरका मेयर रेनु दाहाले रसियासंग सहकार्य गर्ने आफ्नो ईच्छा रहेको व्यक्त गर्दै राजदुत असेक्सेई नोभिकोभलाई भरतपुरको समग्र विकासका लागि सहयोग गर्न आग्रह गर्नुभयो । रसियासंग सहकार्य गर्न इच्छुक छु ,भरतपुर विकास मोडलमा अगाडी बढीरहेको छ, फ्लाई ओभर,रिगं रोड विस्तारसगै ,शिक्षा,,स्वास्थ्य, पर्यटनको क्षेत्रमा लगानी आवश्यक छ मेयर दाहालले भनिन्– भरतपुरको समग्र विकासका लागि सहकार्य सहकार्र्य गर्न आग्रह गर्दछु ।

उनले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबिच सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । भेटमा राजदुत असेक्सेई नोभिकोभले मेयर रेनु दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेकी थिइन् । उनले रसियाले भरतपुरको विकास र चर्चा नजिकबाट नियालीरहेको बताउँदै भरतपुरको विकास मोडलमा आफु सहकार्य गर्न तयार रहेको बताइन्।

उनले भरतपुरमा शिक्षा, कृषि,पर्यटन र पूर्वाधार विकासमा रसियाले सहकार्य गर्न ईच्छुक रहेको स्पष्ट पनि पारिन । उनले भरतपुरमा मेटो रेल, फ्लाई ओभर,सडक, रिङ्गरोडको पुर्वाधार र शिक्षामा सतप्रतिशत छात्रवृत्तिमा पहिलो चरणमा सहकार्य गर्न ईच्छुक रहेको बताइन्। चाडैँ भरतपुर महानगरमा आएर रसियाका शरहरसंग भागिनी सम्बन्ध र पूर्ण छात्रबृद्धि कार्यक्रमका लागि सम्झौता गर्ने बताइन् ।

भरतपुरको स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफु हर्षित भएको समेत बताइन्। मेयर दाहालले भरतपुरले सन् २०२४ लाई भमण बर्षको रूपमा मनाउन लागेको जानकारी दिदैँ भमणको निम्ता समेत दिइन् । महानगरपालिका भित्र रहेका ३० वटा गन्तव्यको प्रचार प्रसार र प्रबद्र्धन गर्दै भ्रमण वर्ष २०२४ मनाउन लागेको हो ।

कमेन्ट गर्नुहोस्