काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ९९९ सदस्यीय आयोजक कमिटी बनाएको छ।
मौजुदा केन्द्रीय कमिटीलाई २३ औं राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गर्दै ९९९ सदस्यमा विस्तार गरेको हो।
अखिल क्रान्तिकारीले पदाधिकारीको संख्या पनि विस्तार गरेको छ। जसमा उपाध्यक्ष १८ जना, उपमहासचिव २१ जना र सचिवको संख्या नै आधा सय माथि रहेको अध्यक्ष पञ्चा सिंह र महासचिव दीपेश पुनले हस्ताक्षर गरी मातहतका कमिटीमा पठाइएको सर्कुलरमा उल्लेख छ।
अखिल क्रान्तिकारीमा २२ औं राष्ट्रिय सम्मेलनयता नै देखिएकाे थियाे ।
पवन कार्कीको समूहले समानान्तर कमिटी बनाएर गतिविधि गर्दै आएकामा गत भदौ २५ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै रोहवरमा विवाद मिलाइएको थियो।
अखिल क्रान्तिकारीले गत असोज १९ गतेको निर्णयअनुरूप मौजुदा केन्द्रीय कमिटीलाई सम्मेलन आयोजक कमिटीमा रूपान्तरण गरेको हो।
क्रान्तिकारीको सम्मेलन आयोजक कमिटीमा रहेका पदाधिकारी एवं सदस्यहरू स्वतः प्रतिनिधि बन्न पाउने छैनन्। उनीहरू सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ।
गत असोज १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।