युएइलाई त्रिदेशीय टि २० शृङखलाको उपाधि

काठमाडौं । संयुक्त अरब इमिरेट्सले शुक्रबार आयोजक नेपाललाई रोमाञ्चक खेलमा चार विकेटले हराएर त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङखलाको उपाधि हात पारेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो ।

युएइले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १६७ रन बनाएर लक्ष्य हासिल गर्यो । यस त्रिदेशीय शृ्ंखलामा नेपाल र युएयबाहेक तेस्रो टिमका रुपमा हङकङ रहेको थियो । प्रतियागितामा सहभागी तीनै टिमले एकले अर्कासँग दुई पटक खेलेपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने नेपाल र युएइबीच शुक्रबार फाइनल भएको हो । नेपाल लिग चरणमा चारै खेल जितेर अपराजित रह्यो । तर युएइले लिग चरणमा नेपालसँग वेहोरेको दुवै हारको बदला लिएको छ ।

कमेन्ट गर्नुहोस्