कतारमा आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

नयाँदिल्ली । कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा “नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने” र बन्दीहरूलाई “सबै कन्सुलर र कानुनी सहयोग विस्तार” जारी राख्ने बताएको छ ।

“कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलामा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,” बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, “हामी मृत्युदण्डको फैसलाबाट गहिरो स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौँ ।”

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ । कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन ।

कमेन्ट गर्नुहोस्