प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृति निस्तेज पार्छौः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख राजनीतिक दलहरु एकैठाउँमा उभिएर परिवर्तन विरोधी प्रवृतिलाई निस्तेज पार्ने बताएका छन् । गणतन्त्र, संघीयता धर्म निरपेक्षता लगायतका परिवर्तनका विरुद्ध प्रश्न उठाउने चेष्टा गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यो बीचमा मेरो दौडधुप पनि परिवर्तनका लागि विगतमा संघर्ष गरेका सबै राजनीतिक दलहरुलाई एकतावद्ध गर्नमा केन्द्रित छ ।’

याे पनि पढ्नुस  अमेरिकी राजदूत डिन थम्प्सनले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बालुवाटर पुगेर दिए बधाई


नेपाली काँग्रेसद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो चियापान संस्कृति बीपी कोइराला जीवितै हुँदा सुरु गरिएको संस्कृति हो । यसले आपसी एकता र सद्भाव वृद्धि गरेको छ ।’ उनले चाडपर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्ने, राष्ट्रिय राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको दिशा तिर लैजाने र आउने दिनमा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने विश्वास पनि व्यक्त गरे ।

याे पनि पढ्नुस  परम्परागत भन्दा गुणात्मक प्रकृतिका कार्यक्रम र बजेटको गृहकार्यमा छौं : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनेदेखि नै सबै राजनीति दलहरुका बीचमा सहमति बनाउने प्रयत्न भएको स्पष्ट गरे । उनले अन्तर्राष्ट्रिय रुपमा पनि सरकारबाट लिइएका कुटनीतिक पहलका कारण संयुक्त राष्ट्रसंघको महासचिव र कतारका राजा नेपाल भ्रमणमा आउन लागेको बताए । प्रधानमन्त्रीले यी भ्रमणहरु सरकारले लिएको कुटनीतिक सफलताको परिणाम भएको बताए।

कमेन्ट गर्नुहोस्