कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा असत्य : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा असत्य भएको बताएका छन्।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् । उनले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए ।

सभापति देउवाले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको समेत बताए। उनले सभापति देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि दोहोर्‍याए।

कमेन्ट गर्नुहोस्