काठमाडौं । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव आन्तरियो गुटेरेसको चार दिने नेपाल भ्रमणका क्रममा आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपालको शान्ति प्रक्रिया र यसले विश्व शान्तिका पक्षमा पुर्याएको योगदान, विश्व शान्तिका लागि नेपालले खेलेको भूमिका र जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको चुनौतीका विषयमा गम्भीर संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया र जलवायु परिवर्तनको चुनौती निवारणका सन्दर्भमा यो पहलले दूरगामी महत्वको राख्ने विस्वास सरकारले लिएको छ ।