गुटेरेससँग देउवाले भने -‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटै पारित गर्छौं’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्‌बाटै छिटै पारित गर्ने बताएका छन्।

सभापति देउवाले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुटेरेससँगको भेटमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। महासचिव गुतेरसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा चासो दिएपछि सभापति देउवाले त्यस काममा लागि संक्रमणकालीन न्यायससँग सम्बन्धित विधेयक संसद्‌बाट छिटै पारित गराउने बताएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए।

याे पनि पढ्नुस  सङ्घीय संसदमा महासचिव गुटेरेसको सम्बोधन (प्रत्यक्ष प्रसारण)

त्यसैगरी सभापति देउवाले महासचिव गुतेरससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न पनि आग्रह गरेका थिए। महासचिव गुतेरसले त्यस विषयमा आफ्नो ध्यान केन्द्रित भएको र यो नेपालको मात्रै नभएर विश्वकै समस्याको विषय भएकाले त्यसमा आफ्नो ध्यान जाने बताएको पनि कानुनमन्त्री गुरुङ खुलासा गरे।​

याे पनि पढ्नुस  राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा

देउवासँगको भेटमा महासचिव गुतेरसले नेपालको हिमनदी जलवायु परिवर्तनको अवसरको कारण सुक्दा त्यसको मारमा भारत, पाकिस्तान, बंगलादेशलगायतका छिमेकी देशहरू समेत मारमा पर्ने भएकाले त्यो समस्या समाधानमा आफूहरूले पूरा साथ रहने बताएका थिए।

कमेन्ट गर्नुहोस्