काठमाडौं । पुष्पकमल दाहाल (प्रचण्ड)को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत तथा सम्मानमा रात्रीभोज आयोजना गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेस रात्रिभोजमा सहभागी भए । सो अवसरमा महासचिवको कार्यदलका सदस्यहरु, नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।
चार दिनको नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले उच्चस्तरको राजनीतिक भेटघाट गरे । सोमबार उनले पोखरा, कपिलवस्तु लगायतको ठाउँको भ्रमण गर्ने कार्यालिका रहेको छ ।
रात्रीभोजमा प्रधानमन्त्री,सभामुख, पूर्वप्रधानमन्त्रीहरू लगायतका शिर्ष नेताहरूको सहभागीता रहेको छ ।
तस्बिरमा सहभागिहरू