प्रतिनिधिसभा बैठकमा दुईवटा विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रश्तुत भएको छ।

दुवै विधेयक अर्थमन्त्री डा।प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रश्तुत गरेका हुन्।

त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराए।

उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशनसमेत दिए।

कमेन्ट गर्नुहोस्