आगामी तीन दिन देशभर मौसम सामान्यतया सफा रहने

काठमाडौँ । सोमवारदेखि आगामी तीन दिन देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार तीन दिन नै रातको समयमा देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने दिनमा भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्मानुमानः

२०८० कार्तिक १३ गते (सोमबार)

दिउँसो ː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

२०८० कार्तिक १४ गते (मंगलबार)

दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती स् देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

२०८० कार्तिक १५ गते (बुधबार)

दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कमेन्ट गर्नुहोस्