सर्यो कतारका अमिरको नेपाल भ्रमण

काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण सरेको छ । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण सारिएको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो ।

अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने छ । स्रोतका अनुसार अमिर शेख बिन हमाद अल थानीले यसअघिको भ्रमण तालिका भन्दा हप्ता दिन पछि नेपाल भ्रमण गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्