संसदलाई सम्बोधन गर्दै महासचिव गुटेरेस, अनिवार्य उपस्थित हुन सांसदहरूलाई आग्रह

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्।

महासचिव गुटेरेसले अपराह्न ४ बजे बस्ने संसदको संयुक्त बैठकमा सम्बोधन गर्नेछन्।गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेकाले सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

याे पनि पढ्नुस  राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, भ्रमण तालिकामा के छ ?

संयुक्त बैठकमा उपस्थित हुँदा सांसदहरूलाई औपचारिक पोसाक लगाउन पनि भनिएको छ। महासचिव गुटेरेसको सम्बोधनपछि उनलाई संसदले धन्यवाद ज्ञापन गर्नेछ।

कमेन्ट गर्नुहोस्