काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन्। उनले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् ।
सोमबारको रात पोखरामा बिताएका उनले मङ्गलवार बिहानै नेपाली सेनाको हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुगेर फर्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड केही समय अघि नै पुगीसकेका छन् ।