काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन् ।
नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा संयुक्त रुपमा सम्बोधन समेत गरेका छन् ।
सम्बोधन अघि प्रधानमन्त्री र महासचिव गुटेरेसले लुम्बिनीमा शान्ति दिप प्रज्वोलन गर्नुका साथै वृक्षा रोपण समेत गरेका थिए ।