काठमाडौं । सङ्घीय संसदअन्तर्गतको दुवै सदनको संयुक्त बैठक सुरु भएको छ । मङ्गलबार अपराह्न ४ बजेबाट सुरु भएको संयुक्त बैठकलाई संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि आइतबार बिहान १ बजे यहाँ आएका थिए। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौंबाट प्रस्थान गर्नेछन् ।उनी नेपाल भ्रमणमा आउँने छैटौं महासचिव भएपनि संसदमा संबोधन गर्ने प्रथम महासचिव हुन् ।