काठमाडौं । नेपालका लागि युरोपेली संघका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।
उनी प्रधानमन्त्री भेट्न आज अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेकी थिइन् ।
सो भेटका अवसरमा नेपाल–इयु सहयोगका विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।