माओवादी केन्द्रले विरोध प्रदर्शन गर्छ भनेको होइन, भ्रम नरहोस् : देव गुरुङ

काठमाडौं । माओवादी केन्द्रले सडक संघर्षमा जाने भन्दै निर्णय गरेको भन्ने समाचार सत्य नभएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘हालै केही मेडियाहरुमा यही मंसिर २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनको विषयलाई लिएर सरकारमा रहेको दल सडक संघर्षमा भनी टिका टिप्पणीहरु गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।

उक्त जनप्रदर्शनको कार्यक्रम कुनै विरोध प्रदर्शनको कार्यक्रम होइन । उक्त प्रदर्शन पूर्व घोषित तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गतकै जनपरिचालनमुलक कार्यक्रम मात्र रहेको व्यहोरा अवगत गराउदै त्यसमा कुनै प्रकारको भ्रम नरहोस् भनी स्पष्ट गर्न चाहान्छौं ।’

कमेन्ट गर्नुहोस्