शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रमुख दल मिल्नुपर्छ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरुले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका छन् ।

बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडित पक्षलाई राहत दिँदै कांग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन् ।

सांसद खतिवडाले ठूल्ठूला समस्या समाधान गरेका राजनीतिक दलहरुले सो कामलाईलाई पूर्णता दिन पनि ढिलाई नगर्ने विश्वास व्यक्त गरे । उनले ततकालीन विद्रोही नेता पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री भएकाले पनि यो समस्या समाधानमा ढिलाई नहुने तर्क समेत गरे। सांसद खतिवडाले द्वन्द्व पीडितलाई राहत दिने कुरामा पनि ढिलाई गर्न नहुने बताए ।

कमेन्ट गर्नुहोस्