आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोट : ओमानसँग नेपाल पराजित

काठमाडौं । रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’को उपविजेता बनेको नेपालले अब फाइनल प्रवेशका निम्ति समूह ‘ए’को विजेता युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ । समूहमा नेपालले तीन खेलबाट चार अंक जोड्यो । नेपालसँगको जितसँगै शीर्ष स्थानमा उक्लिएको ओमानले तीन खेलबाट ६ अंक बनायो । ओमानले अब समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्