काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व बैंकका प्रबन्ध निर्देशक अन्ना ब्ज्यार्डेबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्ना ब्ज्यार्डे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटका लागि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएकी थिइन् ।
भेटमा जलवायु अनुकुलन र स्थानीय परिवेश अनुकूल पूर्वाधार र स्वच्छ उर्जाको क्षेत्रमा परिष्कृत र हरित सहयोगका बारेमा छलफल भएको थियो ।
साथै, विकासलाई थप समावेशी बनाउन जनतामा लगानी गर्ने लगायतका विषयमा छलफल भएको थियो ।