अभियानलाई सृजनात्मक बनाउँदै युवा नेता आचार्य

विराटनगर। नेकपा माओवादी केन्द्रको ३ महिने रूपान्तरण अभियान मुलुकभर संचालन भईरहेको छ। अहिले पार्टी केन्द्रको निर्णय बमोजिम माओवादीका केन्द्रीय सदस्यहरू फरक जिल्लामा जिम्मेवारी लिई अभियान संचालन गरिरहेका छन्।

यो अभियानमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत वडाको अभियानमा खटेका छन् । सोही अभियानका सन्दर्भमा सुनसरीका २ पालीकाहरु ईनरुवा र रामधुनीमा राजनीतिक चहलपहल बाक्लो देखिन्छ। यहाँ माओवादीका प्रदेश सांसद समेत रहेका केन्द्रीय सदस्य युवा नेता जीवन आचार्य निकै व्यस्त देखिन्छन। उनी कहिले नागरिक समाजसँग अन्तरक्रिया गरेर जनभावना बुझिरहेका हुन्छन् त कहिले यस क्षेत्रका उद्योग वाणिज्य संघका पदाधिकारीसँग अर्थव्यवस्था र व्यवसायीको सुरक्षाको बारेमा छलफल गरिरहेका भेटिन्छन्। पार्टी प्रवेश गराउने देखि सदस्यता नविकरणमा उनी निकै दौडधुपमा हुन्छन्।

याे पनि पढ्नुस  “घरघर जाने, माओवादी बनाउने” अभियान चलाउँदै युवानेता आचार्य

अभियानकै क्रममा एभरेष्ट दैनिकसँग आचार्य भने“ जनता माओवादीप्रति आशा गरेरै गाँऊमा बसेको छ, हामी अहिले जनताको घर घरमै गएर समस्या बुझ्ने, पार्टीबारे सुझाब संकलन गर्ने र सकेको समस्या समाधान फिल्ड बाटै सम्बोधन गर्ने गरिरहेका छौं। समग्रमा अभियान राम्रोसंग चलिरहेको छ।”

याे पनि पढ्नुस  आगामी बजेटले प्रदेशलाई स्थापित गर्न सक्नुपर्छ : मन्त्री आचार्य

अभियानको पछिल्लो चरणमा जीवनले “ माओवादी अभियान, युवालाई प्रोत्साहन” भन्ने नारा सहित फुटबल प्रतियोगिताको आयोजना गराएका छन् । जहाँ युवाहरूको निकै ठूलो उत्साह पनि देखिन्छ।

सांसद आचार्य भन्छन् “ हामी युवा र महिलालाई प्रोत्साहन हुने खालका अन्य योजना पनि लिएर आउँदैछौं।” आचार्यले नेतृत्व गरेर ती पालीकामा अभियान चलाएपछि त्यस क्षेत्रका जनताहरू निकै आशावादी भएको स्थानीय एवं रामधुनी नगर ईन्चार्ज दिनेश चौधरी बताउँछन्। चौधरी भन्छन “ हाम्रो यहाँ झुम्का भन्ने बजार छ, त्यहाँका व्यवसायी र नागरिक समाजले सुरक्षाको कारण ऑफुहरूलाई निकै गाह्रो भएको बताएपछि माननीय जीवन आचार्य ज्यूले स्पटबाटै फोन गरेर प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाएपछि अहिले त्यस क्षेत्रका जनता निकै खुशी छन्, सानो कुराले पनि खुशी दिने रहेछ।”

याे पनि पढ्नुस  प्रदेशलाई आत्मनिर्भर बनाउन लाग्नु नै आजको आवश्यकता : मन्त्री आचार्य

माओवादीले आफ्नो अभियानमा १ महिना थपेको छ। गत केन्द्रीय समितिको बैठकबाट शहर केन्द्रित कार्यकर्ता लाई गाँऊ पठाउने निर्णय सहित अहिले जताततै माओवादीको अभियानमा केन्द्रीय सदस्य व्यस्त देखिन्छन्।

कमेन्ट गर्नुहोस्