काठमाडौँ । शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुट भएको बताइएको छ ।
शुक्रवार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ ।
घटनालगत्तै कम्पनीले अर्को पाइलटमार्फत मन्थली–काठमाडौँ जहाज उडान भरेको थियो । नागरिक उड्डयन प्राधिकरणले पनि घटनामा संलग्न पाइलटहरूलाई निलम्बन गरेको छ ।