काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेल जारी छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी मिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।
यूएईका अली नासिरलाई कप्तान रोहितकुमार पौडेलले कुशल भुर्तेलबाट क्याच गराए । नासिर चार रनमा पभेलियन फर्किए ।
जारी खेलको १६ ओभर समाप्त हुँदा यूएईले पाँच विकेट गुमाएर १०० रन बनाएको छ ।
आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।