काठमाडौं । आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।
शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।
‘सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हामी अहिले मेरै नेतृत्वमा छनोट हुँदा खुसी लागेको छ,’ रोहितले भने ।नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए ।
विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।