भूकम्पबाट रुकुमको आठविसकोटमा १४ ज्यान गयो, ५० जना घाइते

काठमाडौं । जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । नगरपालिका मेयर रवि केसीले अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको र उद्धार भइरहेकाले अझै बढ्न सक्ने जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म झन्डै ५० जना घाइते भएको पुष्टि भएको छ ।संख्या थप बढ्ने बताइएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्