भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ पुग्यो

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् ।

गाउँगाउँमा ठूलो संख्यामा घाइते भएको हुनसक्ने तर विवरण आउन नसकेको बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्