भूकम्पको क्षतिबाट प्रधानमन्त्री मर्माहत, राहत तथा उद्धारमा जुट्न अपील

काठमाडौं । प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले आफु मर्माहित भएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएको बताएका छन् । साथै, उनले उद्धार एवं राहतमा जुट्न सबैमा अपील समेत गरेका छन् ।

याे पनि पढ्नुस  फिलिपिन्समा ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्पः ११ मृत्यु, २४ बेपत्ता

यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन्। स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री ‘प्रचण्ड’ बिहान जाजरकोट रूकुम लागेका हुन् ।

कमेन्ट गर्नुहोस्