बिहान देश दुख्यो

भीम रेग्मी
दु:ख दुख्यो मेरो शरिरमा
किसानको घरमा दुख त थियो
मजदुरको घरमा चुल्हो चिसो थियो
समयको शरिरमा सैन पल्टेको थियो
शरिर दुख्दै थियो
मन बेचैन थियो
मध्यरात नहुँदै आज फेरि
जाजरकोट र रुकुममा
घर ढल्यो
मन ढल्यो
शरिर ढल्यो
समय पटक-पटक दुख्यो
हिजो खानाखाँदा सम्म स-शरीर मनहरू
रातैमा ऐया भन्न नदिएर
मृत्यु कालो बन्यो मध्यरातमा
डोरायो मानिसलाई मृत्यु बरणको बाटोमा
दुख्यो मन प्रकृतिको भयरुपले
तिमीलाई हरण गरेर दुख्यो
देशै दुख्यो र मेरो मनै दुख्यो
लालटमा दु:ख लेखिए जस्तै
बिहान बिहानै दु:खीसङ्ग
कुरा गर्न नमिली मेरो दु:ख दुख्यो
रातमा मेरो दुखेको मन
रातमा मन दुख्दा
बिहान देशै दुख्यो ।

कमेन्ट गर्नुहोस्